काठमाडौँ । बाटोको ढलानमा ४ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीस्थित सम्सी गाउँपालिकाका तत्कालीन वडाध्यक्ष शेख फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन वडाध्यक्ष फारुक, वडा सदस्य वेचन पण्डित इसराफिल, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल…