काठमाडौ - कडा मिहिनेत र परिश्रमले सुपरस्टार भएकामध्येका एक व्यक्ति हुन्, क्रिस्टियानो रोनाल्डो । फुटबलको संसारमा सबैभन्दा महँगामध्येका एक खेलाडीको रूपमा परिचित उनी भन्छन्– ‘जोखिमबाट बच्नुछ भने जोखिम नै मोल्नुपर्छ ।’ उनी स्वयंले पनि आफ्नो यो भनाइलाई सार्थक बनाए । बाल्यकालमा मुटुरोगी रोनाल्डोलाई ज्यानकै जोखिम थियो । डाक्टरले उनलाई बाँच्ने भए फुटबल नखेल्नु भनेका थिए…