काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जातको सम्बर्द्धन गर्दै उच्च उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताएका छन् । काठमाडौमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनमा मन्त्री अधिकारीले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादन गर्न नेपाललाई उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताए…