वर्षाले रोकेन बारको विरोधलाई, न्यायपरिषद् बैठक चलिरहँदा छाता ओढेर प्रदर्शन

काठमाडौँ । न्याय परिषद् नियमावली खारेजीको माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि विरोध प्रदर्शन गरेको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक बसिरहेका बेला बारले विरोध प्रदर्शन गरेको हो । सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर प्रवेशद्वार अगाडि बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध…