नामिबियासँग नेपालकाे लगातार दाेस्राे हार

काठमाडाैँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ काे चाैथाै खेलमा नेपाल नामिबियासँग पाराजित भएकाे छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएकाे नामिबियाले ४० आ‍ेभरमै लक्ष्य पुरा गर्याे । सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो ।