काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गर्ने भएकाे छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए । कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ ।…