पहिरो पन्छाएर सञ्चालन हुन थाल्यो बेनी-दरवाङ सडक

म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापर खेत, लाम्पाटा, पाना बगर र बांगेपहिरोमा सडक मर्मत गरेको जनाएको छ…