काभ्रेपलाञ्चोक। काभे्रपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् । जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् । जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका…