काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दीपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौंका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवैलाई थुनामा राख्ने अनुमति दिएको हो । अदालतको आदेशअनुसार प्रतिवादी भट्टको हकमा आज पाँचौँ…