काठमाडाैं । अमेरिकाबाट 'पार्सल' आएको गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १ तोलशिववारी बस्ने २२ वर्षीय नैमोदिन मियाँ, छपकैया बस्ने २७ वर्षीय जितेन्द्र साह सोनार र २२ वर्षीय कृष्ण सराफ रहेको प्रहरीले जनाएको छ। लागुऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई…