हतकडीसहित भागेका खड्का होटलबाट पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका ठगीका आरोपी होटलबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट ३२ वर्षीय कमल खड्कालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्का बुधबार जिल्ला अदालत…