जब भूकम्पका कारण जमुनाले पति र गर्भमा रहेको ८ महिनाको शिशु गुमाइन्…

जानकी । जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको ८ महिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन्। भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छन्। जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइदिएको…