सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

सिरहा, २३ असोजः सिरहाको धनगढीमाई नगरपालिका—– ९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी…