काठमाडौं । बागमती नदी तथा यसका सहायक नदी किनारका अव्यवस्थित तथा जोखिमपूर्ण संरचना हटाउने अभियान अन्तर्गत सरकारसँग सम्पर्कमा आउनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरणअनुसार आफूलाई सुकुम्बासी दाबी गर्दै १८१६ परिवारका ७७८९ जना सरकारको सम्पर्कमा आएका छन् । सरकारले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई ध्यानमा राख्दै तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको जनाएको…