उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा रहेको श्री आधारभूत विद्यालय नाङराङ्गेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध २ लाख ९० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार मगरले तत्कालीन प्रधानाध्यापकबाट कागज भरपाई गरी विद्यालयको सो रकम लिई हालसम्म फिर्ता नगरेकाले सार्वजनिक सम्पत्ति हिनामिना भएकाले भ्रष्टाचार…