‘दलालले ओमान लाने भनेर लिएर गए, इराक पुर्‍याएर बेचिदिए’

काठमाडाैँ । झापाकाे अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मू इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्। ३ वर्षअघि २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्‍याएर बेचेको उनकी आमा लखी मुर्मूले जानकारी दिइन् । 'ओमान लाने भनेर इराक पुर्याएछन्,' पीडितकी आमा…