पाँचथर दुर्घटना स्थलबाट ६ जनाको उद्धार

काठमाडौँ। पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटना स्थलबाट छ जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरूलाई उद्धार गरी धरानतर्फ पठाएका छन् । डिएसपी अनीश कुमार कर्णका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । छ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । डिएसपी कर्ण नेतृत्वको टोली…