हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ : सहरी विकासमन्त्री गुरुङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले अहिले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा जुटेको बताएकी छिन् । आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोही अनुसार ७ वटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् । उनले भनिन्, ‘हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौँ…