नेपाल भर्सेस क्यानडा : नेपालले गुमायो ५ विकेट

काठमाडौं । क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँच विकेट गुमाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रन जोडे। एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट…