४० वर्षमा किसानले फेरे ३ नगदे खेती, १८ हजार बिघामा रहेकाे उखु खेती ५ हजार बिघामा झर्‍यो

महोत्तरी। चार दशकअघि पुस/माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास-६ कृष्णपुर बनराटोलका ६५ वर्षीय इन्द्रबहादुर शाहीले बिर्सिएका छैनन्। आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरे पनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने चार दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको शाही बताउँछन्। 'जुन गाउँबस्तीमा हेर्‍यो, बारनैबारन! फाँटभरि…