ओखलढुङ्गा । बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् । स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान…