काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो। कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि…