काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ। यस्तै सिक्किम आसपासको निम्न चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै र…