काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनस्थलमा दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनहरू मोही, दही र आइसक्रिमको बिक्री वितरणले विशेष आकर्षण बटुलिरहेको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको डीडीसीका मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनका साथै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र डीडीसीको सहकार्यमा विभिन्न दुग्ध उत्पादक सहकारी तथा…