पर्सा । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन भएको छ…