काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच बुधवार भेटघाट भएको छ। बालुवाटारमा भएको भेटमा आगामी मङ्सिर १ र २ गते आयोजना गर्न लागिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक तथा…