सिरहाका चार निर्वाचन क्षेत्रमा १३९ जनाको उम्मेदवारी

सिरहा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कूल १३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् । जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार, निर्वाचन क्षेत्र नं १ मा १८ स्वतन्त्रसहित…