सरकारले तोक्यो स्वास्थ्य प्रतिष्ठान र अस्पतालमा निमित्त जिम्मेवारी

काठमाडौं । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दैनिक प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउने उद्देश्यले रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त नेतृत्व तोकेको हो…