कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण

मोरङ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ । विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट दैनिक एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले जानकारी दिए। प्रयोगशालाबाट प्रदेशका १४ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । गत आव २०८१/८२ मा २३…