काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदबाट सिफारिस भएर नियुक्त भएका संवैधानिक आयोगका २ जना पदाधिकारीले राजीनामा दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्वीकृत गरेका हुन् । नेपालको संविधानको धारा २४८ को उपधारा ५ को खण्ड क…