काठमाडौं प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनका केही पदाधिकारीहरूको अभिव्यक्ति र गतिविधिप्रति प्रश्न उठाएका छन्। पार्टीका सम्मानित नेताको नाममा स्थापित संस्थाहरूले आफ्नो आदर्श र उद्देश्य नबिर्सन चेतावनी दिँदै उनले त्यस्ता प्रतिष्ठानहरू ‘ठगी खाने भाँडो’ बन्न नहुनेमा जोड दिए। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन…