काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक भएको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको…