त्रिभुवन विमानस्थलमा बन्द भयो ‘भिआइपी’ सुविधा

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिआइपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ । असहज परिस्थितिका कारण काठमाडौँ लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भिआइपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बताएको छ…