काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले मुद्दाको हार जितको आधारमा कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छिन् । सोमबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । आर्थिक अभावको कारणले धेरै नागरिकहरूले न्याय नपाएको उल्लेख गर्दै आर्थिक अवस्था…