काठमाडौं– नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको राजनीतिक सक्रियता बढेको छ। विभिन्न पार्टीका नेताहरुसँग निरन्तर भेट गरिरहेका उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग सोमबार हात्तिवन पुगेर वार्ता गरेका छन्। ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई नेताबीच छलफल भएको हो। पूर्व उपप्रधानमन्त्री द्वयबीचको छलफलमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको…