काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीबाट सर्ने रोगहरूको जोखिम बढ्दै गएपछि महानगरले प्रशोधित पानीको अनुगमन र कारबाहीलाई एकसाथ अघि बढाएको हो । पछिल्लो एक हप्तामा मात्रै महानगरले विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको जनाएको छ । महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी…