काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७ गते विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा…