झापामा थपिए ३५ हजारभन्दा बढी मतदाता

काठमाडौँ । झापामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी कुमार नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिएका छन्। उनका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ…

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो । संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ । उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।