दुर्घटना भएको विमानलाई दुई दिनपछि खोल्साबाट निकालियो

काठमाडौँ। भद्रपुर विमानस्थलमा शुक्रबार राति ९:१० बजे रनवेबाट चिप्लिएको बुद्ध एयरको एटिआर-७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकालिएको छ । विमान स्थलका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो। काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन…