सदनमा बोल्न नपाएका प्रधानमन्त्रीको पत्रकारलाई प्रश्न : मज्जा लाग्यो ?

काठमाडौँ । प्रतिनिधिसभामा आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन्। सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाए। प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसदबाट बाहिरिए। त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाईले नै बोल्न…