काठमाडौँ। सरकारले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ नामक उक्त समितिको अध्यक्ष अर्थमन्त्री हुनेछन्। समितिमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ। सचिव नै समितिको सदस्यसचिवका रूपमा कार्यरत हुनेछन्।…