उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बा सकिएपछि वनलसुन संकलनमा व्यस्त

गोरखा — उत्तरी गोरखाका स्थानीय बासिन्दा यार्सागुम्बा संकलन सकिएपछि अहिले वनलसुन संकलनमा जुटेका छन्। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार गाउँका बासिन्दाहरू यार्सागुम्बा पाइने उच्च लेकबाट तल झरेर अब वनलसुन खोज्न थालेका हुन्। उनका अनुसार किरा टिप्न गाउँलेहरू छेक्या, बाज्यो, फुच्युन र छोस्योङको लेकमा गएका थिए भने अहिले त्यही लेकको तलतिर किपु, रोल्मीखर्क,…