पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

गण्डकी । पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको…