काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाइअल्टिच्युड तथा माउन्टेन वारफायर’सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् । मुस्ताङमा बर्सेनि हाइअल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशनालय काठमाडौँले जनाएको छ । मुस्ताङमा हाइअल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका…