काठमाडौँ- जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल चाबहिल चोकबाट जेन जेडको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुन मन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन्…