मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

खाँदवारी (सङ्खुवासभा) । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाएका हुन् । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण गरिएको हो । मन्दिरका…