ढुङगाले हानेर बुवाको हत्या, छोरा पक्राउ

चितवन । चितवनको इच्छाकामनाबाट प्रहरीले एक युवकलाई आफ्नै बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको छ। इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका ४१ वर्षीय रामशरण चेपाङको हत्या आरोपमा उनका छोरा २१ वर्षीय सुनिललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनलाई प्रहरीले मंगलबार साँझ घरबाटै पक्राउ गरेको हो। घरायसी विवादमा सुनिलले ढुङगाले प्रहार गर्दा बुवाको मृत्यु भएको स्थानीयले…