विपक्षी दलको बैठक सकियो, गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने

काठमाडौ -विपक्षी दलहरूको बैठक सकिएको छ। बानेश्वरमा प्रचण्डको अध्यक्षतामा राप्रपा बाहेक विपक्षी दलको बैठक बसेको थियो।  बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, प्रभु साह सहभागी थिए। बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजोको आन्दोलन यथावत् राख्ने निर्णय भएको छ,’ सांसद माधव सापकोटाले भने।