काठमाडौं– गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकाय प्रमुखहरु मधेस प्रदेश राजधानी जनकपुर पुगेका छन्। शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु भएको छ। अपराध नियन्त्रणमा खरो भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले खुला सिमानाका कारण प्रदेशमा लागु पदार्थको ठूलो चुनौती रहेकाले यसलाई रोकथाम गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले…