काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सोमबार प्राग दरबारमा आयोजित समारोहमा राजदूत रुपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति पावेलको स्वास्थ्य र चेक जनताको समृद्धिको कामना गरेका थिए । राजदूतले नेपाल र चेक गणतन्त्रबीचका द्विपक्षीय सहयोगका सम्भावनाबारे…